विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई

२०७६ जेष्ठ १३,सोमबार १३:२५

काठमाडौं १३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्ताद्वारा मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राजधानीमा घटेको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् ।

उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै संलग्नता र विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*