पार्टी एकतामा कसैलाई ‘कम्फर्टेबल’ भएको छैन भने त्यो व्यक्तिको समस्या हो, पार्टीको होइन : प्रचण्ड

२०७६ जेष्ठ १३,सोमबार १३:०२

काठमाडौँ १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता असाधारण र दूरगामी महत्वको राजनीतिक परिघटना भएको बताएका छन् ।

सोमबार पेरिसडाँडामा आयोजित १७ औं कृष्ण सेन स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गदै प्रचण्डले विचारविहीन एकता र पूरानै विचारले एकता गरेको कसैलाई लागेको छ भने त्यो गलत हुने बताए ।

प्रचण्डले भने, ‘पार्टी नेतृत्व भनेको चाबी हो । हामी नेतृत्वले चाबी खोलेका छौं । यो एकतामा कसैलाई कम्फरटेबल भएको छैन भने त्यो ब्यक्तिको समस्या हो, पार्टीको होइन ।’

आफ्नै पार्टीका नेता कार्यकर्तातर्फ केन्द्रीत गर्दै प्रचण्डले समाजमा दुई थरी प्रवृत्ति रहेको भन्दै कृष्ण सेन पद र प्रतिष्ठाका लागि मरिमेट्ने व्यक्ति नभएको बताए ।

कार्यक्रममा तत्कालीन समय कृष्ण सेनलाई पटक–पटक पार्टी केन्द्रीय समितिमा ल्याउन प्रयास गर्दा उनले अरुका लागि पद छोडेर पनि उत्तिकै सक्रिय रुपमा पार्टी र क्रान्तिको पक्षमा खटिने गरेको स्मरण प्रचण्डले गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पत्रकार तथा लेखक सूर्य थापालाई ५० हजार नगदसहितको ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ र पत्रकार चन्द्रमान श्रेष्ठलाई २५ हजार नगदसहित ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*