मकालु हिमालमा दुई भारतीयसहित तीन आरोहीको मृत्यु

२०७६ जेष्ठ १३,सोमबार ११:५२

संखुवासभा १३ जेठ । मकालु गाउँपालिका–२ मा रहेको आठ हजार चार सय ६३ मिटर अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा तीन आरोहीको मृत्यु भएको छ ।
दुई जना भारतीय र एक जना नेपालीको आरोहणको क्रममा मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

नेपाली आरोही शेर्पाको गएको शुक्रबार मृत्यु भएको हो । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मृतकको शव आइतबार हेलिकोप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ । शव खाँदबारी अस्पतालमा राखिएको छ ।

जेठ २ मा भारतीय पर्यटक ५४ वर्षीय दिपनकर घिड्स र ३५ वर्षीय नारायण सिंहको मृत्यु भएको थियो ।

उनीहरूको मकालु हिमाल आरोहण गर्न जाने क्रममा मकालु बेसक्याम्प–४ भन्दा माथि मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*