अपटेड : सिसिटिभिको सहयोगमा हेटौँडामा बम राख्नेलाई पक्राउ गर्छु : एसपी सिंह

२०७६ जेष्ठ १३,सोमबार ११:५६

मकवानपुर १३ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले हेटौँडाको बुद्ध चोकमा बम राख्नेलाई पक्राउ गर्ने बताएका छन् । बुद्ध चोकमा भएको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरी बम कस्ले राखेको हो त्यसको पहिचान गरी पक्राउ गर्ने उनले बताए ।

उनका अनुसार प्रहरीले सिसिटिभि फुटेज प्राप्त गर्ने प्रयास गरिरहेको छ ।

बम राखेर आतँक फैलाउने कसैलाई पनि नछोड्ने सिंहले बताए ।

आज विहानै हेटौँडाको बुद्ध चोकमा २ वटा प्रेसर कुकर बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सेनाको टोलीले बम डिस्पोज गरेको थियो ।

बजार क्षेत्रमा हेटौँडाको सुरक्षाको लागि भनेर २४ घण्टा सञ्चालन हुनेगरी सिसिटिभि राखिएको छ । उक्त सिसिटिभिलाई जिल्ला प्रहरी कार्यालयबाट अबलोकन गर्ने ब्यवस्था समेत गरिएको छ । अझ बम भएको क्षेत्र बुद्धचोकमा त राति समेत स्पष्ट देखिने नाईट भिजन सहितको सिसिटिभी क्यामेरा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*