वडासदस्य थापा गाँजासहित बुद्धचोकबाट पक्राउ

२०७६ जेष्ठ १३,सोमबार ११:१८

बारा १३ जेठ । ईलाका प्रहरी कार्यलय निजगढ बाराले निजगढ नगरपालिका वडा नम्वर ११ का वडा सदस्य नरबहादुर थापालाई ३ सय ७५ ग्राम लागु औसध गाँजासहित पक्राउ गरेको छ ।

प्रहरीले थापालाई राती २ बजे निजगढ नगरपालिका वडा नम्वर ८ को बुदृ चोकबाट पक्राउ गरेको हो ।

थापा तत्तकालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्बाचित वडा सदस्य हुन उनसँगै निजगढ ११ का बर्ष २९ धनबहादुर स्याङतान् र बर्ष २० का शिवहरि खत्रि पनि पक्राउ परेको ईलाका प्रहरी कार्यलयका प्रमुख बिक्रम लामाले जानकारी दिए ।

उनीहरुलाई अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको समेत प्रहरीले बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*