कसरी फेला पर्यो हेटौँडाको बुद्धचोकमा बम ?

२०७६ जेष्ठ १३,सोमबार ०८:२९

मकवानपुर १३ जेठ । आज विहानै हेटौंडाको बुद्ध चोकमा बम फेला परेको छ । शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम बन्दकर्ताहरुलेनै राखेको हुनसक्ने अमुमान प्रहरीले गरेको छ । तर बन्दकर्ताहरुले बुद्ध चोकमै बम राख्दा समेत प्रहरीले सुँइको पाएन ।

हेटौँडा ३ नम्बर प्रदेशको राजधानी हो । यहाँ भीआइपीहरु पनि बस्छन् । त्यसमाथि पनि २४ सै घन्टा भीआइपी सुरक्षा रहेको भनिएको ठाँउमानै कसरी बम फेला पर्यो सबैको चासोको विषय बनेको छ ।

यस विषयमा मकवानपुरका प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराईले प्रहरीले रातभरी गस्ती गरेको भएपनि विहानमात्रै बम फेला परेको थाहा पाएको बताए । उनले आफुहरुले जानकारी पाउनासाथ सेनाको टोलीद्वारा डिस्पोज गराएको बताए ।

यो पनि पढ्नुहोस्

हेटौँडामा मिनि ट्रकमा आगजनी, बुद्धचोकमा फेला परेको बम सेनाद्वारा डिस्पोज

बन्द अपडेट : थाहा नगरमा गुडिरहेको ट्रकमा आगजनी

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*