बन्द अपडेट : थाहा नगरमा गुडिरहेको ट्रकमा आगजनी

२०७६ जेष्ठ १३,सोमबार ०७:५८

मकवानपुर १३ जेठ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कन्छाल नजिक कुले खोलामा गएराती काडमाठौंबाट हेटौंडातर्फ आउदै गरेको ट्रकमा आगजनी भएको छ ।

नौ खण्डेमा बास बसेर आज विहान सवा ४ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामानै आगजनी भएको हो ।

इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारी अनुसार अज्ञात समुहमा आएका ३ जनाको समुहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

आगजनीबाट ट्रकको अगाडीको भाग पुरै जलेर क्षति भएको समेत प्रहरीले जानकारी दिएको छ ।
चालक भने प्रहरी नियन्त्रणमानै रहेको प्रहरीको जानकारी छ ।

यो पनि पढ्नुहोस्

हेटौँडामा मिनि ट्रकमा आगजनी, बुद्धचोकमा फेला परेको बम सेनाद्वारा डिस्पोज

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*