हेटौँडामा मिनि ट्रकमा आगजनी, बुद्धचोकमा फेला परेको बम सेनाद्वारा डिस्पोज

२०७६ जेष्ठ १३,सोमबार ०७:०७

मकवानपुर १३ जेठ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरको हेटौँडामा आज विहान करिब १ बजे मिनि ट्रकमा आगजनी भएको छ ।

हेटौंडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समुहले आगजनी गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले तु खबरलाई जानकारी दिए ।

उनले घटनामा संलग्न हुनेको खोजी कार्य तीब्र भईरहेको समेत बताए । आगजनीका कारण मानवीय क्षति भने भएको छैन ।

त्यसैगरी हेटौंडाको बुद्धचोकमा विहानै फेला परेको बम भने सेनाले डिस्पोज गरिसकेको उनले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*