बाग्मती गाउँपालिकामा काँग्रेसको प्रशिक्षण कार्यक्रम

२०७६ जेष्ठ १२,आईतवार १२:३४

मकवानपुर १२ जेठ । नेपाली काँग्रेस बागमती गाउँपालिका–८ मा वडा भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । शनिबार जागरण अभियानअन्तर्गत भएको पार्टीको भेलामा सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो । काँग्रेस बागमती गाउँपालिका–८ का सभापति सूर्यमान थोकरको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य चोकबहादुर ठाडामगर, १ नम्बर क्षेत्रीय उपसभापति डिल्लीप्रसाद घोरासैनी, गाउँपालिका संयोजक फणिन्द्रप्रसाद तिमल्सिना, सहसंयोजक डम्बरबहादुर विक, सचिव मकरकुमार पराजुली, तरुण दल जिल्ला सचिव लिलाराज सापकोटा, क्षेत्रीय प्रतिनिधि भीमप्रसाद घिमिरेलगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै पार्टी सचिव बुद्ध लामाले नेपाली काँग्रेस एक ढिक्का भएर कम्युनिष्ट नेतृत्वको सरकारले देशमा लाद्न खोजेको निरंकुशताविरुद्ध लड्नु आजको आवश्यकता भएको बताए । दुई तिहाईको दम्भ देखाएर सरकार एकलौटी ढंगले अघि बढेकाले त्यसको खबरदारी आवश्यक रहेको उनले औंल्याए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*