प्रधानमन्त्री रोजगार कार्यक्रममा मकवानपुरका दश वटा स्थानीय तहको सम्झौता

२०७६ जेष्ठ ११,शनिबार ११:१६

मकवानपुर ११ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मकवानपुरका दश वटा स्थानीय तहले सम्झौता गरेका छन् ।

मकवानपुरका गरिब नागरिकलाई लक्षित गरेर यो कार्यक्रम जिल्लामा प्रभाबकारी गर्ने उद्देश्यले शुक्रबार दश वटा स्थानीय तहमा सम्झौता गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरेर गरिब नागरिकलाई लक्षित गरेर काम गर्नका लागि हेटोंडा, मकवानपुर गढी, मनहरी गाउँपालिका लगायतका मकवानपुरका स्थानीय तहसंगै प्रदेश नम्बर ३ का सबै स्थानीय तहसंग यो कार्यक्रम सम्झौता गरिएको हो ।

त्यस्तै मकवानपुरका स्थानीय तहका प्रमुखहरुले यो कार्यक्रमलाई आफ्ना गाउँपालिकामा प्रभाबकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*