ज्वालादेवि प्राथमिक विद्यालयमा १ दिने जनचेतना कार्यक्रम

२०७६ जेष्ठ १०,शुक्रबार १९:५१

मकवानपुर १० जेठ । मकवानपुरको हेटौँडा १९ बसामाडिमा आज जनचेतना कार्यक्रम भएको छ । सामाजिक काममा सक्रिय हेटौँडा युवा संगठनको आयोजनामा फोहोर व्यवस्थापन तथा स्वास्थ्य जनचेतना कार्यक्रम भएको हो ।

संगठनले बसामाडिको डुमारेस्थित ज्वालादेवि प्राथमिक विद्यालयमा १ दिने जनचेतना कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभाबक र स्थानियहरुको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*