हेटौँडाको सेन्ट्रम र अक्सफोर्डमा शिल, अब पालो आइटेक युनिभ प्लसको

२०७६ जेष्ठ १०,शुक्रबार १९:२८

मकवानपुर १० जेठ । मकवानपुरमा नियम विपरित खोलिएका ट्युसन सेन्टर र कन्सल्टेन्सीहरुको अनुगमन गरी आवश्यक कारबाही गर्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लिलानाथ गौतमले तु खबरलाई जानकारी दिएका छन् ।

हेटौंडामा नियम विपरित संचालन भईरहेको सेन्ट्रम एकेडेमी र अक्सफोर्ड कन्सल्टेन्सीलाई शिल गरिसकिएको समेत उनले बताए । उनले भने ‘पूर्व तयारी कक्षा संचालन गर्ने, बैदेशिक भाषा अध्यापन गराउने लगाएतका ट्युसन सेन्टर वा कन्सलटेन्सीहरुको निर्देशिका बमोजिम इजाजत पत्र नभएको अवस्थामा कारबाही हुन्छ ।’

उनले अन्य कन्सल्टेन्सीहरुको पनि अनुगमन हुने बताएका छन् ।

त्यसैगरी इजाजत बिनानै सन्चालन भईरहेको हेटौँडाको आईटेक यूनिभ प्लसमा पनि अनुगमन गरिने गौतमको भनाई छ ।

अनुगमन समितिका संयोजक समेत रहेका गौतमले आईटेक युनिभ प्लसका सञ्चालकले अनुगमन टोली र सञ्चारकर्मीहरुलाई अपसब्द बोलेको स्मरण गर्दै आवश्यक कारबाही हुने बताए ।

सो विषयमा आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफल समेत गरिएको उनले बताए ।
छलफलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले संघीय शिक्षा मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता भई अनुमित पत्र लिएका बाहेकका कन्सल्टेन्सीलाई स्थलगत शिल गर्ने निर्देशन दिएका छन् ।

अनाधिकृतरुपमा विभिन्न विश्वविद्यालयको अनुमति प्राप्त भनेर लेखिएको साइनबोर्ड राख्ने तथा विभिन्न कोर्सको नाममा विद्यार्थीसँग अनावश्यक रकम असुल्ने र अनुगमनमा वाधा पुर्याउने विरुद्ध सख्त कारवाही गरिने समितिले जनाएको छ ।

हेटौँडामा करिब ३ दर्जन कन्सल्टेन्सी संचालनमा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*