नक्कली भारतीय रुपैयाँ ७ करोड ६७ लाखसहित ६ जना पक्राउ

२०७६ जेष्ठ १०,शुक्रबार १८:४३

काठमाडौं १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाईछिपाई ल्याएको भारतीय नक्कली रुपैयाँ ७ करोड ६७ लाख ९४ हजार सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमामा पाकिस्तानी नागरिकहरु ६७ वर्षीय नासिर उद्दिन, ४९ वर्षीय मोहमद अख्तर वर्षीय नादिया अनवर रहेका छन् । त्यसैगरी उक्त नक्कली भारतीय रुपैयाँ लिन आएका ललितपुर उपमहानगरपालिका–१३ बस्ने युनिस अन्सारी, रौतहट रमौली बैरिया नगरपालिका–१ बस्ने सुयल खान र गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका–५ बालकोट बस्ने सुदन रानाभाट रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*