ठगी मुद्दामा फरार अभियुक्त पक्राउ

२०७६ जेष्ठ १०,शुक्रबार १७:५९

काठमाडौं, १० जेठ । प्रहरीले सुनसरीबाट ठगी मुद्दामा फरार उदयपुर हडीया–१ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलिप कुमार चौधरीलाई शुक्रबार पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको २०६९ कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार २ सय ६५ रुपैयाँ जरिवान र १ वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ चौधरीलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि शुक्रबार कारागार कार्यालय झुम्का पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*