हेटौँडाको घिमिरे ईलेक्ट्रोनिकमा चोरी , २३ लाख बराबरको धनमाल गायव

२०७६ जेष्ठ १०,शुक्रबार १८:०३

मकवानपुर १० जेठ । मकवानपुरको हेटौँडामा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरमा चोरी भएको छ । पसलको २३ लाख बराबरको धनमाल चोरी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पुष्टी भएको छ ।

पसलका सञ्चालक उमेश घिमिरेका अनुसार बुधबार राती ९ बजे बन्द गरेको पसल आजमात्रै खोल्दा चोरी भएको पत्ता लागेको हो । उनका अनुसार काउन्टरमा राखिएको नगद ३ लाख र २० लाख बराबरको इलेक्ट्रोनिक सामान चोरी भएको छ ।

पसलमा चोरी कसले र कुन समयमा गर्यो भन्ने विषयमा हालसम्म कुनै जानकारी नआएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार पसलको ताला फोरिएको अवस्थामा छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको एसपी सिंहले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*