मकवानपुरका १२ वटा सहकारी मर्ज हुने

२०७६ जेष्ठ १०,शुक्रबार १७:४१

मकवानपुर १० जेठ । मकवानपुरमा रहेको १२ वटा महिला बचत तथा ऋण सहकारी संस्थाहरु मर्ज हुने भएका छन् ।

महिला मिलन, महिला सेवा, आधुनिक महिला जागृती, महिला जागृती, महिला अभियान, महिला एकता, महिला जागरण, महिला आवाज, शुभकामना महिला, महिला जनचेतना, महिला जनशक्ति तथा भुटनदेवी महिला साकोस गरि १२ वटा सहकारी मर्ज हुने भएको हो ।

नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर र जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले आयोजना गरेको एकीकरण कार्यशालामा उपस्थित साकोसकर्मीहरुले एकिकरणको प्रतिवद्धता गरेका हुन् ।

साकोसकर्मीहरुले साकोस एकीकरणका लागि जेष्ठ ११ र १३ गते एकीकरण भेलाको आयोजना गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*