शिक्षक धामीलाई कांग्रेस कार्यकर्ताद्वारा हातपात

२०७६ जेष्ठ १०,शुक्रबार १७:१०

हुम्ला १० जेठ । सर्केगार्ड गाउँपालिकामा रहेको हिमज्योती माध्यमिक विद्यालयका शिक्षक जयबहादुर धामीलाई कांग्रेस कार्यकर्ताले हातपात गरेका छन् ।

बिहीबार दिउँसो शिक्षक धामी पढाउनका लागि कक्षा कोठा प्रवेश गर्ने क्रममा मदिरा सेवन गरी विद्यालय प्रवेश गरेका सर्केगार्ड गाउँपालिका–५, गोठीका युवा दीर्घ सिंह र भरत मल्ल सोभान शाही शिक्षक धामीलाई हातपात गरेका हुन् ।

उनीहरुले माओवादी निकट शिक्षक भन्दै विद्यालयमा शिक्षक धामीलाई हातपात गरेका थिए ।

शिक्षकलाई हातपात गर्ने उनीहरु दुबैलाई इलाका प्रहरी कार्यालय सर्केगार्डले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*