डेढ लाख घुससहित न्यौपाने र केसी पक्राउ

२०७६ जेष्ठ १०,शुक्रबार १६:४८
File Photo

काठमाडौं १० जेठ । अख्तियारको टोलीले नापी कार्यालय साँखु, काठमाडौंका सर्वेक्षक र एक जना लेखापढी व्यवसायीलाई डेढ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी रहेका छन् । उनीहरुलाई अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको विशेष सूचनाका आधारमा दुबैजनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*