मकवानपुरको बाग्मतीमा ४४ जना महिलाले गराए नि : शुल्क सुरक्षित गर्भपतन

२०७६ जेष्ठ १०,शुक्रबार १५:५८

मकवानपुर १० जेठ । मकवानपुरको बाग्मती गाउँपालिकामा नि : शुल्क सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ ।

बाग्मती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राई गाउँ स्वास्थ्य चौकी १, २ र ३ मा गरिएको सर्वेक्षण अनुसार सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या वृद्धि भएको हो ।

बिहिबार महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा आईपास नेपालको सहयोगमा सुरक्षित गर्भपतनको सर्वेक्षण गरिएको थियो ।

उक्त सर्वेक्षण अनुसार गत वर्षको श्रावणदेखि यस वर्षको बैशाखसम्म ४४ जना महिलाले सुरिक्षत गर्भपतन गरेका छन् ।

जसमध्ये २० वर्षभन्दा कमका ३ जना र २० वर्षभन्दा माथिका ४१ जना महिलाहरु रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*