मकवानपुरको सिस्नेरीमा बोलेरो गाडि दुर्घटना, साहको मृत्यु, २ जना घाईते

२०७६ जेष्ठ १०,शुक्रबार ०९:३१

मकवानपुर १० जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरीमा सवारी दुर्घटना भएको छ । बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो डिआई सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १ जनाको मृत्यु भएको सञ्चार मकवानपुरले तु खबरलाई जानकारी दिएको छ । मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने बर्ष ४५ का कनैया साह रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

त्यसैगरी भीमफेदी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २० का महेश भुलन(चालक) र भारतको बेतीया बस्ने बर्ष २२ का कनैयाकुमार साह घाईते भएका छन् ।

प्रहरीका अनुसार बिहान साढँे ३ बजे दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बल्खु काठमाडौंस्थित बैध अस्पतालमा लगिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*