भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणमा प्रदेशसभा सदस्यहरुको चासो

२०७६ जेष्ठ ९,बिहीबार १८:३६

मकवानपुर ९ जेठ । प्रदेश नम्बर ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सभाका सदस्यहरुले उठाएको जिज्ञासालाई सम्बोद्धन गर्दै प्रदेशमा भूगोल र जनसंख्याको आधारलाई मानेर भौतिक पूर्वाधारको विकास, राष्टिय गौरवको आयोजना, एवम् गरिबि निवारणको लक्षित कार्यक्रमलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ बजेट बाँडफाड गर्ने बताएका छन् ।

ग्रामिण भेगबाट युवा शक्ति पलाएन भएपछि बहुसंख्यक किसानको जग्गा बाँझो रहन गएकोले अब प्रदेश सरकारले सामुहिक खेतीगर्ने अभियानलाई आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।

उनले पहुँच नपुगेका दुर्गम भेगका महिलालाई स्वरोजगार एवम् महिला शसक्तीकरण र प्रभावकारी कार्यक्रम ल्याई उनीहरुलाई आर्थिक समृद्धीगर्ने तर्फ सरकार केन्द्रीत रहने उल्लेख गरे ।

आजको बैठकमा २१ जना प्रदेशसभा सदस्यहरुले बिनियोजित बजेटमाथि सुझाव प्रस्तुत गरेका थिए ।

आजसम्मको बैठकमा बोल्ने सदस्यहरु समेत गरी बजेटको शिर्षकमा ५८ जना सदस्यहरुले गरिबी निवारण, सुकुम्बासीलाई बसोबास, स्वरोजगार, बन्यजन्तुबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने र हेटौंडाबाट काडमाडौै जाने यात्रुहरु र जनप्रतिनिधिहरुलाई छिटो, छरितो एवम् सहज ढंगबाट गन्तव्य स्थानमा पुर्याउन प्रदेश सरकारले आगामी आर्थिक बषदेखि भीमफेदी–काठमाडाँैै जोड्ने सुरुङ्मार्गको निर्माण थालनी गर्न सरकार नै केन्द्रबिन्दुको रुपमा रहेर अघि बढ्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १४ गते बस्नेगरी आजको बैठक स्तगित गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*