प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश प्रमुख कोईरालाले सम्बोद्धन गर्ने

२०७६ जेष्ठ ९,बिहीबार १८:२२

मकवानपुर ९ जेठ । प्रदेश नम्बर ३ को प्रदेश प्रमुख अनुराधा कोईरालाले नेपालको संविधानको धारा १ सय ८४ को उपधारा २ को अधिकार प्रयागे गरी मुख्यमन्त्री तथा मन्त्री परिसद्को बैठकले निर्णय गरी सिफारिस गरी पठाए बमोजिम जेठ १४ गते बस्ने प्रदेश सभाको बैठकमा सरकारको नीति कार्यक्रमलाई सम्बोद्धन गर्ने भएकी छिन् ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको मन्त्री परिसद्को बैठकले सरकारले आ व ०७६/ ०७७ को लागि नीति कार्यक्रमलाई सम्बोद्धन गर्न भनी प्रदेश प्रमुखलाई अनुरोध गरी पठाउनुभए अनुसार सोही दिनमा प्रदेश प्रमुखले नीति कार्यक्रममा सम्बोद्धनको लागि प्रदेश सभा सचिवालयमा आजै प्रदेश प्रमुखको कार्यालयले जानकारी पठाईसकिएको समेत प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङ्ले जानकारी दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*