जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०७६ जेष्ठ ९,बिहीबार १८:१५

म्याग्दी, ९ जेठ । वेनी नगरपालिका–४, डाँडाखेत बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण बिक र २१ वर्षीय विकास किसान रहेका छन् ।

गत ७ गते ती बालिका शौचालय गएको अवस्थामा उनीहरुले डरत्रास देखाई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*