मोटरसाईकल दुर्घटना हुँदा परियारको मृत्यु, विक गम्भीर घाइते

२०७६ जेष्ठ ९,बिहीबार १६:२५

दाङ, ९ जेठ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ राउतगाउँ चोकस्थित मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ निवासी २४ वर्षीया पूजा परियार रहेका छन् ।

घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुरका गुमान विक रहेका छन् । विकलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रेफर गरिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*