नगद ३१ लाखसहित दुई जना पक्राउ

२०७६ जेष्ठ ९,बिहीबार १५:५६

काठमाडौं ९ जेठ । प्रहरीले श्रोत नखुलेको नगद ३१ लाखसहित काठमाडौं महानगरपालिका–३१ बाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.१४ च ८९५९ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*