आकाशे पुलबाट हाम फालेका राईको मृत्यु

२०७६ जेष्ठ ९,बिहीबार १५:४५

काठमाडौं ९ जेठ । आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको मृत्यु भएको छ ।

ताप्लेजुङ हाङपाङका–२ घर भई हाल कोटेश्वरमा आफ्नै घरमा बस्दै आएका ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर थिए ।

पुलबाट हाम फालेर गम्भीर घाइते भएका राईको बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई किन पुलबाट हाम फाले भन्ने विषय नखुलेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*