इन्द्रसरोवरको वत्सलादेवी मा.वि.मा सिभिल इन्जिनियरिङ कक्षा संचालन हुने

२०७६ जेष्ठ ९,बिहीबार १५:३१

मकवानपुर ९ जेठ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा रहेको श्री वत्सलादेवी माद्यमिक विद्यालयमा प्राविधिक धार अनुरुप सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको छ ।

नेपाल सरकारबाट यसै शैक्षिकसत्रदेखि सञ्चालन गर्ने गरि अनुमती प्राप्त गर्न सफल भएका विद्यालय वत्सलादेवीमा यहि जेठ १५ गतेबाट प्राविधिक धार अनुरुप सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको हो ।

गाउँमै बसेर सिभिल इन्जिनियरिङ पढ्न पाउने अवसरलाई पूरा गर्न विद्यालयले गरेको प्रयास स्वरुप यस शैक्षिकसत्र देखि सो विषयको अध्यापन गर्ने अनुमती प्राप्त गरेको शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*