सञ्चार नीति बनाउन महासंघ अध्यक्षहरुको भेला हेटौँडामा

२०७६ जेष्ठ ९,बिहीबार १०:२२

मकवानपुर ९ जेठ । प्रदेश नम्बर ३ को प्रेस रजिष्टारको कार्यालयको आयोजनामा आज हेटौँडामा अन्तरक्रिया कार्यक्रम भएको छ । ३ नम्बर प्रदेशभरीका प्रत्रकार महसंघ जिल्ला साखाका अध्यक्षहरुसहित अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर ३ को मिडिया क्षेत्रको विकास र यसलाई व्यवस्थित पार्ने विषयमा छलफल भएको थियो ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल पनि सहभागी थिए ।

कार्यक्रममा प्रदेश ३ का प्रेस रजिष्टार रेवती प्रसाद सापकोटाले प्रदेशका सञ्चारमाध्ययमको विकास र सञ्चारक्षेत्रभित्र रहेका बेथिति हटाउने सम्बन्धमा प्रस्ताव राखेका थिए । जसमा महासंघ अध्यक्षहरुले सुझाव प्रस्तुत गरेका थिए । ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*