मनकामना दूग्ध सहकारी प्रकरण : ५८ वर्ष पूरा भइसकेका व्यवस्थापक हुमागाई तलब बुझ्दै

२०७६ जेष्ठ ८,बुधबार १८:१७

मकवानपुर ८ जेठ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको मनकामना दूग्ध उत्पादक सहकारी संस्थामा चरम अनियमितता भएको छ । संस्थाका जिम्मेवार पदमा बसेकाहरुबाटै मनोमानी हुने गरेको समेत खुलेको छ ।

संस्थाका व्यवस्थापक बलराम हुगागाई र अध्यक्ष कृष्णप्रसाद दाहालको मिलेमतोमा सहकारीमा अनियमितता भइरहेको खुलेको हो ।

संस्थाको कार्यविधि अनुसार ५८ बर्ष उमेर पूरा नभएका मानिसले मात्रै संस्थामा काम गर्न पाउने व्यवस्था छ तर संस्थाका व्यवस्थापक हुमागाई स्वयम् कार्यविधि विपरित संस्थामा तलब भत्ता समेत लिने गरी काम गरिरहेका छन् ।

उनी अध्यक्ष दाहालकै संरक्षणका कारण संस्थामा कार्यविधि विपरित अहिलेसम्म काम गरिरहेका छन् । उनको उमेर ५८ वर्ष उमेर पूरा भई ५ महिना कटिसकेको छ तर पनि सस्थाको कार्यविधिलाई लत्याएर काम गरिरहेका छन् । कानूनः ५८ वर्ष उमेर पूरा भइसकेपछि उनले खाइपाइ आएको तबल गैरकानूनी हुन्छ । उनीसँग तलब भत्ता अशुल गर्नुपर्नेमा उल्टै काममै लगाइरहने अवस्था देखिएको छ । कार्यविधि अनुसार उनको कार्यकाल गत २०७५ पुस २२ गते सकिएको छ । तर अध्यक्ष दाहालसंगको सेटिङ्मा उनी हालसम्म जोगिएका छन् ।

त्यसो त मनकामना दूग्ध उत्पादक सहकारी संस्थामा चरम अनियमितता भएको भन्दै शेयर सदस्यहरुले अख्तियार लगायतको कार्यालयमा ३ पटकसम्म उजुरी गरेका छन् । तु खबरलाई प्राप्त जानकारी अनुसार व्यवस्थापक हुमागाई र अध्यक्ष दाहालले अन्य कर्मचारीलाई दिईने सेवा सुविधा समयमा नदिएको, ५८ बर्ष उमेर हद कटेका व्यवस्थापक हुमागाईँ स्वयम् सेवामा रही काम कारबाही संचालन गरिरहेको, संस्थाद्वारा संचालित पसलमा किनबेच गरिने सामानको मुल्य अँकित नभएको, शेयर सदस्यहरुले पसलबाट सामान किनेपछि बिल माग्दा आलटाल गरिएको र २०६७ सालदेखि संस्थाको हरहिसाबमा अनियमितता भएको भन्दै अख्तियारमा २ पटक उजुरी परेको थियो ।

त्यसैगरी डिभिजन सहकारी कार्यालयमा पनि उजुरी परेको स्रोतको दाबी छ ।
व्यवस्थापक हुमागाई र अध्यक्ष दाहालले जेनेरेटर सम्बन्धी हिसाब सार्वजनिक नगरेको विषय पनि उजुरी पत्रमा उल्लेख छ ।

सहकारीले नयाँ व्यक्तिलाई शेयर निस्कासन नगरी पुरानै शेयर सदस्यमा गुटबन्दी गरी पालैपालो समिति निर्माण गरी शेयर निस्कासनमा बन्देज लगाइएको स्थानीयहरुको आरोप छ ।
चरम अनियमितता छ भन्ने जनगुनासो आएपछि तु खबरले सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाललाई जिज्ञासा राखेको थियो । उनले आफुहरुले अनियमितता नगरेको बताएका छन् । उनले भने ‘हामीलाई फसाउन खोजिएको हो, उजुरी दिनेले केक्केन हुन्छ भनेर अख्तियारमा उजुरी दिएको हो, त्यस्तो अनियमिता केही भएको छैन ।’ आफुहरुले पनि बजारबाट सामान ल्याउँदा बील नपाएको कारण उनले सहकारीको पसलबाट सामान विक्री गर्दा विल नदिएको स्वीकार गरेका छन् । यो झन गम्भीर अपराध मानिन्छ । सामान विक्री गरेपछि विल नै जारी नगर्ने सहकारीको पसलमा अनियमितता भएको छैन भन्न सकिने अवस्था छैन । सामानको मुल्य भने केही महँगो भएको हुन सक्ने उनी बताउँछन् ।

त्यसैगरी व्यवस्थापक हुमागाई आफुले अनियमितता नगरेको बताए । उमेरको कुरा भने संस्थाप्रतिको लगाब र मायाका कारण सबैको अनुरोध स्वीकारेर कार्य अवधि सकिए पनि सेवामै रहिरहेको उनी बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*