मोबाइलको निहुँमा साथीको हत्या

२०७६ जेष्ठ ८,बुधबार १६:५०

बुटवल ८ जेठ । कपिलवस्तुको बाणगंगाका २७ वर्षीय चिरञ्जिबी आचार्यको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा ६ का ३३ वर्षीय रमेश बिक, २८ बर्षीय गोपाल खनाल, २४ बर्षीय बसन्त खत्री र २० वर्षीय राजु गुरुङ रहेका छन् । पक्राउ परेका सबै आर्चायकै साथीहरु रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबीच गत आइतवार राती स्थानीय रेष्टुरेण्टमा मदिरा सेवन गरेपछि मोवाइल हराएको विषयमा विवाद भएको थियो । त्यसपछि आचार्यकै मोटरसाइकलमा जङ्गलमा लगेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले हत्या अरोपमा पक्राउ परेका ४ जनालाई बुधबार सार्वजनिक गरेको हो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*