तङ्ग–इल मो–दो संघ भत्तपुरको नेतृत्वमा राना मगर

२०७६ जेष्ठ ८,बुधबार १५:१४

काठमाडौं ८ जेठ । काठमाडौं–राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्य प्रसाद भट्टराई, महासचिव बिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले रामबाबु राना मगरको नेतृत्वमा ११ सदस्सीय कार्य समिति पुर्नगठन गरेको हो ।

संघ भत्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर रानामगर, कोषाध्यक्षमा बेबी राई र सदस्यहरुमा प्रबेस सुवाल, धुव खत्री, मेलिन लोपेज रानामगर, प्रकाश थापा मगर, राजेन्द्र राजथला, दिपक घले र सम्जन मल्ल रहेका छन् ।
संघका महासचिव बिष्णु गिरीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बताए । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने बताए ।

त्यस्तै संघका उपाध्यक्ष सुर्य प्रसाद भट्टराईले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान बनाउन संघ लागेको उल्लेख गरे । सो अवसरमा मार्सट आटका खेलाडि इन्द्रमान चित्रकारको पनि उपस्थति रहको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*