सुनचाँदी पसलको सटर फोड्दै गर्दा ७ जना पर्यो प्रहरीको फन्दामा

२०७६ जेष्ठ ८,बुधबार १४:४५

मकवानपुर ८ जेठ । कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पसलको सटरको ताल्चा फोड्दै गरेका भारत मोतीहारी घोडा सहनी घर भई हाल काठमाडौँ कागेश्‍वरी मनोहरामा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमारसहित ७ जनालाई मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*