भीमफेदी गाउँपालिकाले गाउँपालिका भित्रका चेपाङ परिवारको स्वास्थ्य बिमा गरिदिने

२०७६ जेष्ठ ६,सोमबार १५:३०

मकवानपुर ६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका चेपाङ परिवारको नि : शुल्क स्वास्थ्य बिमा गरी दिने भएको छ ।

यसै आर्थिक वर्षबाट लागु हुने गरी गाउँपालिकाले भीमफेदी गाउँपालिका भित्र बसोबास गर्ने चेपाङ परिवारको नि : शुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।

बिमाबाट १ सय ११ घरधुरीका ४ सय ९५ जना चेपाङ प्रत्यक्ष लाभान्वित हुने भीमफेदी गाउँपालिकाले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*