बलात्कारको घटनामा वृद्धि : चेतना बढ्यो अपराधी घटेनन्

२०७६ जेष्ठ ६,सोमबार ०६:४९

मकवानपुर, ६ जेठ । सरकार र गैरसरकारी सस्थाहरुले चेतना अभिवृद्धिको लागि लाखौं बजेट विनियोजन गरिरहेको छ ।

पछिल्लो समय मुलुकमा साक्षरता दर पनि बढेको छ । यो अवस्था हेर्दा अपराधिक गतिविधि सोचेभन्दा बढी न्यूकिकरण हुनुपर्ने हो । भद्र समाज निर्माण हुनुपर्ने हो तर अपराधिक गतिविधि दिनानुदिन बढ्दो छ ।

गत शनिबार हेटौंडामा एक किशोरी बलात्कृत भइन् । १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा ५ का हिरा चौलागाईलाई प्रहरीले पक्राउ गर्यो ।
यहि वैशाख १४ गते बेलुकी चण्डिका होटलमा एक किशोरी जवर्जस्ती करणीको शिकार भइन् । चिम्से भन्ने नरेश मोक्तानविरुद्ध प्रहरीमा जाहेरी छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बलात्कारका घटनामा वृद्धि हुँदै गएको बताएको आजको हेटौंडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*