कैलाश गाउँपालिकामा आजबाट गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु

२०७६ जेष्ठ ५,आईतवार १८:०२

मकवानपुर ५ जेठ । कैलाश गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम भलिबल प्रतियोगिता सुरु भएको छ । कैलाश खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको प्रायोजनामा प्रतियोगिता आईतबार (आज) बाट सुरु भएको हो ।

कैलाश खेलकुद विकास समिति संयोजक छुकु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँपालिका स्तरीय प्रथम भलिबल प्रतियोगिता गाउँपालिकाभित्र रहेको १२ वटा टिमको सहभागिता रहेको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र, दोस्रो हुनेले ३० हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र र तेस्रो हुनेले १५ हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*