मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा स्काउट गठन गरिने

२०७६ जेष्ठ ३,शुक्रबार १८:२८

मकवानपुर ३ जेठ । मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा स्काउट गठन गरिने भएको छ । गाउँपालिकामा संचालित आधारमूत र माध्यमिक विद्यालयहरुमा स्काउट गठन गरिने विषयमा आज छलफल समेत भएको छ ।

मकवानपुरगढी गाउँपालिकास्थित जनता माविमा आज भएको प्रबोधिकरण कार्यक्रममा गाउँपालिकाभित्रका १६ विद्यालयका १६ शिक्षकहरु सहभागी थिए ।
जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर योञ्जनको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्काउट मकवानपुरकी जिल्ला आयुक्त बेली थापा, जिल्ला समन्वय आयुक्त उद्धव उप्रेती, तालिम आयुक्त अशोकसारु मगर, विद्यालयका शिक्षक होमबहादुर नेपाली, अर्जुन प्रधान लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*