६ किलो गाँजासहित मकवानपुरका मोक्तान पक्राउ

२०७६ जेष्ठ २,बिहीबार २०:१४

मकवानपुर २ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ किलो ४ सय ग्राम लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २० बर्षका बुद्धिमान मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई मनहरी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो ।

मोक्तानलाई प्रहरीले वैशाख ३१ गतेनै पक्राउ गरेको थियो । ३ नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको थियो ।

उनलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार सम्म जरिवाना हुनसक्ने प्रहरीको जानकारी छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*