बसको ठक्करबाट मण्डलको मृत्यु

२०७६ जेष्ठ २,बिहीबार १६:२४

सिरहा २ जेठ । सिरहाको लहान नगरपालिका–१२ स्थित पडरिया चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका– ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पूर्वतर्फबाट आउँदै गरेको ना.६ ख.७८६४ नम्बर प्लेट भएको यात्रुबाहक बसको ठक्करबाट गम्भिर घाईते भएका मण्डललाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*