राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा र कलाको महत्वपूर्ण योगदान हुने

२०७६ जेष्ठ २,बिहीबार १५:५५

काठमाडौं २ जेठ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*