आजको प्रदेशसभा बैठकबाट २ वटा विद्येयक पारित

२०७६ जेष्ठ २,बिहीबार १५:४१

मकवानपुर २ जेठ । ३ नम्बर प्रदेशको प्रदेशसभाको आज बसेको बैठकले २ वटा विद्येयक पारित गरेको छ । बैठकले प्रदेशमा बिउ, बिजनको व्यवस्था गर्न बनेको विद्येयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्न बनेको विद्येयक २०७६ लाई सर्वसम्मत पारित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रदेश ३ का कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुबै विद्येयकहरु पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।

छलफलमा सहभागी सदस्यहरुले उठाएका जिज्ञासालाई उनले जवाफ दिँदै
बहुसंख्यक खेतीयोग्य जगालाई बाँझो राख्ने प्रचलनलाई अब प्रदेश सरकारले सामुहिक खेतीको माध्ययमबाट अन्त्य गर्ने बताए ।

उनले कृषि उत्पादन बृद्धि गर्नेतर्फ नीतिगत कार्यक्रममा बजेट तर्जुमा गरिन लागेको पनि बताए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक यही जेठ ७ गते बस्नेगरी स्थगित गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*