यस्तो छ आज सुनचाँदीको भाउ

२०७६ जेष्ठ २,बिहीबार १४:४४

काठमाडौं २ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (आज) छापावाल सुन तोलामा ६० हजार ७ सयमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ एक सयले बढेको हो ।  बुधबार छापावाल सुन तोलामा ६० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ६० हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी तोलामा ७ सय २५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*