पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई युवक पक्राउ

२०७६ जेष्ठ २,बिहीबार १४:००

बुटवल २ जेठ । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट प्रहरीले दुइ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा रहेका छन् ।

गत वैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवल प्रहरीले जनाएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्च अदालतले  दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*