नेकपाका आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड

२०७६ जेष्ठ २,बिहीबार १३:४१

काठमाडौं २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ ।

साविक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो ।

जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको नलागेको उच्च स्रोतले जनाएको छ ।

जनसांस्कृतिक महासंघ, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, बुद्धिजीवी, कर्मचारी संगठनमा नेतृत्व टुंगिन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*