अज्ञात समूहद्वारा नगरपालिकाको गाडीमा आगजनी

२०७६ जेष्ठ २,बिहीबार १३:२२

अछाम २ जेठ । मंगलसेन नगरपालिकाको गाडीमा गएराति आगजनी भएको छ ।

बा २ झ ३६९४ नम्बरको फोर्ड गाडीमा अज्ञात समूहले आगजनी गरेको अछाम प्रहरीले जनाएको छ । आगजनीबाट उक्त गाडी जलेर नष्ट भएको छ ।

आगजनी भएको गाडी मंगलसेन नगरपालिकाले एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरिद गरेको थियो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*