वर्षासँगै परेको चट्याङ लागेर तीन जना घाइते

२०७६ जेष्ठ २,बिहीबार १२:५७

सिन्धुली २ जेठ । सिन्धुलीको तीन पाटन गाउँपालिका–७ मा गएराति वर्षासँगै परेको चट्याङ लागेर ३ जना घाइते भएका छन ।

घाइते हुनेहरुमा सोही गाउँपािलका आरुबोटेका ३२ वर्षीया उखमाया लामिछाने, १३ वर्षीय ज्ञानबहादुर मसराङगी मगर र ३८ वर्षीया सितामाया सार्की रहेका छन् ।

घाइते मध्ये सितामायाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनलाई तिल्पुङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*