आजको प्रदेशसभा बैठकमा स्थायी राजधानीको कार्यविधि सम्बन्धि प्रस्तावमा छलफल हुने

२०७६ जेष्ठ २,बिहीबार ११:४३

मकवानपुर २ जेठ । ३ नम्बर प्रदेशको नेकपा संसदीय दलको बैठक जेठ ८ गते हेटौँडामा बस्ने भएको छ । नेकपा संसदीय दलको सचिवालयका अनुसार जेठ ८ गते बैठक बस्ने भएको हो ।

सोही दिन बस्ने बैठकमा आर्थिक बर्ष २०७६/०७७ को बिनियोजित बजेटको सैदान्तिक पक्ष र स्थायी राजधानी ताक्ने विषयमा प्रमुख एजेण्डाको रुपमा प्रस्तु्त हुने नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले जानकारी दिए ।

आज बस्ने प्रदेशसभाको बैठकमा बिनियोजित बजेटको सैदान्तिक पक्षमा र प्रदेशको स्थायी राजधानीको कार्यविधि सम्बन्धी प्रस्तावमा छलफल हुने प्रमुख सचेतक रामेश्वर फुँयालले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*