ट्याक्टरबाट खसेर नेपालीको मृत्यु

२०७६ जेष्ठ २,बिहीबार ११:४४

नवलपरासी २ जेठ । नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपाली रहेका छन् ।

बुधबार साँझ ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*