आज हेटौँडामा प्रेस युनियनले प्रदर्शन गर्ने

२०७६ जेष्ठ २,बिहीबार ०७:०९

मकवानपुर २ जेठ । नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौँडाको सिमा चोकमा प्रदर्शन गर्ने भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक विरुद्द विभिन्न आन्दोलन गर्दै आएको प्रेस युनियन मकवानपुरले आज हेटौँडाको सिमाचोकमा प्रदर्शन गर्ने भएको हो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजका अनुसार ७ : ३० बजे विहान जम्मा भई प्रर्दशन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा ५० जनाभन्दाबढी प्रेस युनियनकर्मीहरुको सहभागिता रहने विस्वास समेत उनले व्यक्त गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*