७८ लाख धरौटी बुझाएर छुटे पूर्वआयुक्त पाठक

२०७६ जेष्ठ १,बुधबार १९:२१

भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा पाठक रिहा भएका हुन् ।

पाठक बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका थिए । त्यसअघि उनीसँग अदालतले ७८ लाख धरौटी माग गरेको गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो ।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्धा दायर भएको थियो ।
रातोपाटीबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*