प्रदेशसभा बैठक : मन्त्री ढुङ्गेलद्वारा बिनियोजित बजेटबारे विद्येयक प्रस्तुत

२०७६ जेष्ठ १,बुधबार १९:०७

मकवानपुर १ जेठ । प्रदेश नम्बर ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक बर्ष ०७६/०७७ को लागि बिनियोजित बजेटको सिदान्त र प्राथमिकताको विद्येयक पूर्ण छलफलको लागि प्रस्तुत भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो विद्येयक आज बैठकमा प्रस्तुत गरेका हुन् ।

विद्येयक प्रस्तुत गर्ने क्रममा प्रदेशसभाका सदस्यहरुको अगुवाईमा योजनाको कार्यान्वयन, अनुगमन र कार्यलाई बैज्ञानिक र व्यवहारिक बनाईने छ मन्त्री ढुङ्गेलले बताए ।

उनले प्रदेशभित्रका राष्ट्रिय महत्व राख्ने केही योजनाहरुलाई क्रमश प्रदेशका गौरवका योजनाको रुपमा छनौट गरी कार्यान्वयन गर्ने पनि बताए ।

प्रदेशका १ सय १९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रको सन्तुलित विकास हुनेगरी व्यवहारको सिदान्तलाई प्राथमिकता दिइने विद्येयकमा उल्लेख छ ।

मन्त्री ढुङ्गेलले पर्यटन, उजार्, उद्योग र सेवा क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानी भित्याउन नीतिगत तथा प्रक्रियागत प्रणालीमा सुधार गर्ने र प्रदेश ३ मा लगानी आकर्षित गर्नेतर्फ सरकार केन्द्रीत रहेको बताए ।

उनले गुठी र मोहियानी हकको समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए ।

विद्येयकमा खेतीयोग्य जमिनको खण्डीकरण, कृषि, भूमि बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरिने र सहकारी सामुहिक करार खेतीमा जोड दिईने उल्लेख छ ।

प्रदेशमा जडिबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने, क्षेत्रको संरक्षण, विकास र वैज्ञानीक उपयोगलाई विविन्न कार्यक्रम संचालन गर्नेतर्फ जोड दिइएको छ ।

भौतिक पूर्वाधारको विकास, खानेपानी तथा सरसफाईको क्षेत्रलाई उच्च प्राथमिकता दिई सिचाई योग्य कृषि भूमिलाई आधुनिक सिचाई प्रणालीलाई लागु गर्ने र एकिकृत बस्ती विकासलाई उच्च प्राथमिकता दिईने विद्येयकमा उल्लेख छ ।

विद्येयकमा खेलकुद, पर्यटन, सहकारी शिक्षालाई आधारमभूत तहदेखि अध्ययन अध्यापन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा शैक्षिक पूर्वाधार विकासलाई युवा क्षमताको आधारमा रोगगारी र स्वरोजगारी अभिबृद्धी गर्न जोड दिइने समेत उल्लेख छ ।

मन्त्री ढुङ्गेलले विद्येयकमा सामाजिक विभेद गरी प्रभावित भएका दलित समुहको जातिय छुवाछुत अन्धविश्वास, घरेलु हिँशा, दाईजो, बोक्सी प्रथा, जस्ता संस्कारको विरुद्धमा सामाजिक अभियान संचालन गरिने पनि बताए ।

न्यायिक वितरण तीब्र आर्थिक विकास, मर्यादित रोजगारको सुनिश्चितता, व्यवस्थीत गुणस्तरीय पूर्वाधार, आधुनिक प्रवृत्तिको विकास र उपयुक्त वातावरणको विकास, सरकारी खर्च प्रणालीमा विनियोजन दक्षता कायम गर्ने, उपलब्ध साधनको न्यायोचित बाँडफाँड गरिने, साधन खर्चमा बाञ्छित कटौती गर्ने पनि उनले बताए ।

त्यसैगरी प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश स्तरमा विभूषण, सम्मान, पदक शिफारीसको लागि व्यवस्था गर्न बनेको विद्येयक २०७६ छलफलको लागि प्रस्ताव राखेका थिए ।

बजेटको सैदान्तिक पक्षमा जेठ २ गतेदेखि प्रदेशसभाको बैठकमा छलफल प्रारम्भ हुने सक्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले जानकारी दिएका छन् ।

बैठक भोली २ गते ११ बजे बस्ने गरी प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*